Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
सिन्धुपाल्चोक-आफ्नै विद्यालयका छात्राहरुमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक नारायण श्रेष्ठलाई बिहीबार विद्यार्थी तथा स्थानीयवासीले कालोमोसो दलेर जुत्ताको माला लगाई साँगाचोक बजार परिक्रमापछि प्रहरीलाई जिम्मा लगाएका छन्।
जिल्लाको साँगाचोक गाविसस्थित जनजागृति उमाविका कक्षा ५ मा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गर्दै आएको पोल खुलेपछि शिक्षक श्रेष्ठलाई कारबाहीको माग गर्दै उक्त कार्य गरिएको हो। शिक्षक श्रेष्ठले आफ्नै विद्यार्थीलाई २०६७ साल चैत महिनादेखि अप्राकृतिक यौन क्रियाकलाप गर्दै आएको र २ दिनअघि पीडित छात्राहरुले उनीविरुद्ध प्रधानाध्यापकसमक्ष उजुरी दिएपछि रहस्य खुलेको हो।
उनीविरुद्ध कानुनी कारबाही गरिने शिक्षक पदमप्रसाद पराजुलीले बताउनुभएको छ।

तपाईको प्रतिक्रिया