Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
विराटनगर- नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले सभासद् बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता गर्ने सिफारिसले मुलकमा ठूलो जटिलता निम्त्याउने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल मोरङले शुक्रबार विहान विराटनगरमा गरेको पत्रकार भेटघाटमा उहाँले सर्वोच्च अदालतले जन्मकैदको फैसला तोकको ब्यक्ति ढुंगेललाई मुक्त गर्न खोज्नु मानवता विरोधी अपराध भएकोले कुनैपनि हालतमा उनलाई उन्मुक्ति दिन नसकिने बताउनु भएको हो ।
नेता नेपालले ढुंगेलको मुद्दा फिर्ता लिने निर्णय र मन्त्रिमण्डलको विस्तारले सहमतिको वातावारण विग्रिने चेतावनी समेत दिनुभयो । अभियुक्त सभासद् ढुंगेलको मुद्दा राष्ट्रपतिले फिर्ता लिन नहुने जिकिर गर्दै नेता नेपालले राष्ट्रपतिले विधिको शासन कायम गर्न, दण्डहीनताको अन्त्य र मुलुकमा  अमनचयनको वातावरण तयार गर्ने कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो ।
मितब्ययिताको नारा दिने प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमतिको सरकार निर्माण गर्ने समयमा जम्बो मन्त्रिमण्डल निर्माण गरेर बेमौसमको बाजा वजाएको संज्ञा दिँदै नेता नेपालले यस्तो कृयाकलापले प्रधानमन्त्रीको ओठे लोकतान्त्रिक भक्तिको असली चरित्र उदाङ्गो भएको बताउनुभयो ।
सातबुँदे सहमतिको पूर्ण पालन गरेर मंसिर ७ गतेभित्र शान्ति प्रकृया टुंगो लगाई संविधान निर्माण गर्ने आशाको सन्देश दलहरुले दिने दाबी गर्दै नेता नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणलेमात्र संविधान निर्माणले पूर्णता पाउने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया