Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सर्वोच्च अदालतले एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट गर्नका लागि स्वीकृति नदिएको नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

आफूले सञ्चालन गर्दै आइरहेको प्रतियोगिता गर्न स्वीकृति नदिने क्यानको निर्णयविरुद्ध ईपीएलले यही जेठ १२ गते सर्वोच्चमा रिट दायर गरेको थियो । क्यान आफैँले नेपाल ट्वान्टी–२० लिग आयोजना गर्ने भएपछि अरू लिगलाई मान्यता नदिने घोषणा गरेको थियो ।

क्यानले यसअघि आयोजना भएका ईपीएल, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगलाई क्षेत्रीय लिगका रूपमा आयोजना गर्न अनुरोध गरेको थियो । क्यानको उक्त निर्णयविरुद्ध ईपीएलले सर्वोच्चमा रिट दायर गरेको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने कारणका विषयमा जवाफ पेस गर्न आदेश दिएको छ ।

‘‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू भनी यो ओदश जारी गरिएको छ,’’ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जारी गरेको आदेशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया