Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – नेपाल र जिम्बाब्वे बीचकाे पहिलाे एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएकाे खेल निरन्तर वर्षाका कारण स्थगित भएको हो । तीन खेलकाे सिरिज अन्तर्गतको पहिलाे खेल लगातार वर्षाका कारण टस समेत हुन नपाई स्थगित भयाे ।

म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले  याे खेल आइतबार हुने जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया