Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियोज्योतिष शास्त्र अनुसार, कुनैपनि मानिस कति भाग्यमानी छ भनेर उसको हातमा भएका रेखाले पनि विश्लेषण गर्न सकिन्छ । हातमा हुने कुन रेखा कता र कति फर्किएको छ अर्थात आकार कस्तो छ? त्यसले हाम्रो बारेमा बताउन सक्छ । हस्तशास्त्रका अनुसार हस्तरेखा, पञ्जा र औंलाले हाम्रो भविश्यबारे संकेत दिन्छ भने हाम्रो स्वभाव बारे पनि धेरै कुरा बताउँछ । हस्तशास्त्रमा हातको रेखाको विशेष महत्व हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाम्रो नेपालमा झैँ जापानमा पनि हस्तरेखा हेरेर भाग्य बताउने सबैभन्दा लोकप्रिय तरिकाहरू मध्ये एक हो ।

हस्तरेखा विज्ञानमा, हाम्रो हत्केलामा देखिने रहस्यमय रेखाहरु भाग्य, मस्तिस्क, हृदय, जीवन, विवाह, इत्यादि मध्ये सिमियन रेखा एक अद्वितीय प्रकारको रेखा हो जुन दुर्लभ केहि हातहरूमा मात्र भेटिन्छ ।

सिमियन रेखा हत्केलामा सिधा काट्ने एक रेखा हो । धेरैजसो मानिसको हत्केलाको माथिल्लो आधा भागमा हृदय रेखा र मस्तिस्क रेखा भनिने दुई अलग हत्केला रेखाहरू हुन्छन् । लगभग दश प्रतिशत मानिसहरूको हत्केलामा मस्तिस्क रेखा र जीवन रेखा जोडिएर सिधा रेखा देखिन्छ जसलाई सिमियन रेखा भनिन्छ । यस रेखालाई जापानमा मासुखाके सेन भनेर चिनिन्छ । मासुखाके सेन भएका व्यक्तिलाई हयाकुनिगिरि百握り भनिन्छ ।

जापानीहरु मासुखाके सेन भएको हत्केलालाई विजेताको चिन्हको रुपमा हेर्दछन् । यो रेखा भएका व्यक्तिमा उच्च नेतृत्व कौशलताका साथै असाधारण प्रतिभा हुने र प्राय: युवा उमेरमा नै राम्रो सफलता आकर्षित गर्ने क्षमता भएका हुने मानिन्छ । यी व्यक्ति आकर्षक र जोखिम लिने खालका हुन्छन् त्यस्तै सानै उमेरमा धन कमाउने र आफ्नो कार्यमा सधै सफल हुने गर्दछन् । तिनीहरू जन्मेको क्षणदेखि नै धेरै भाग्यशाली हुन्छन् । 

तपाईको प्रतिक्रिया