Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं- महानायक राजेश हमालले आफ्नो कुनै श्रीमती नभएको बयान दिनु भएको छ । बुधबार महानगरिय प्रहरी परिसर हुनमानढोकामा पुगेर महानायक हमालले आफूलाई श्रीमान भनेर उजुरी दिने महिलासँग चिनाजान समेत नभएको बयान दिनु भएको हो ।
बुधबार बिहान हनुमान ढोका परिसरमा भएको दुइ पक्ष  छलफलमा बालकुमारीका भाई ढाकाराम अधिकारीले दीदी मानसिक रोगी भएको र  उहाँबाट महानायक प्रति लागेको आक्षेप गलत भएको भन्दै मिडिया सामू माफी समेत मागेका थिए । उनी  दीदी बालकुमारीलाई  डाक्टरले मानसिक रोगी भनी प्रमाणित गरेको पुर्जी  सहित हनुमानढोकामा उपस्थित भएका थिए ।
‘ति महिलालाई म चिन्दिन र कुनै सम्बन्ध पनि छैन’, नायक हमालले भन्नुभयो, ‘किन उजुरी दिइन मलाई थाहा नै छैन ।’ नायक हमालले आफू माथि लगाइएका आरोप झुटा भएको बताएको महानगरिय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
उनका भाई ढाकारामका अनुसार उनको दिदीको विवाह हाल मुस्ताङमा कार्यरत असही कृष्ण बहादुर  रानासंग भएको र उनीबाटै तीन छोरीहरू भएको जानकारी पनि दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत हवल्दार बालकुमारी अधिकारीले राजेश हमाल आफ्नो श्रीमान भएको र तीन वटा बच्चा समेत रहेको भन्दै नाता कायम गराइपाउँ भनि प्रहरीमा उजुरी दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया