Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं – माओवादी सभासद तथा मजदूर नेता शालिकराम जमरकट्टेल माथिको आक्रमणका योजनाकार रमेश भनिने तारानिधि पन्तलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको छ ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पोष्टबहादुर बोगटीले विज्ञप्ती निकालेर रमेश भनिने तारानिधि पन्थ अपराधिक काममा संलग्न रहेकोले कुनैपनि कमिटि र साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन भएको सो घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले प्रस्तुत गरेका तारानिधि पन्त ‘रमेश’ प्रधानमन्त्री बाबुराम भट्टराई निकटका हुन्। पन्त माओवादी मजदुर संगठनका निवर्तमान सचिव तथा होटल मजदूर युनियन संघका अध्यक्ष थिए।
एकीकृत नेकपा माओवादीका सभासद् एवं मजदुर नेता शालिकराम जमरकट्टेलमाथि गत भदौ १० गते काठमाडौंको बबरमहलमा धारिलो हतियार प्रहार गरी आक्रमण भएको थियो । आक्रमणमा संलग्न मध्ये चार जनालाई प्रहरीले पक्राउ गरि कात्तिक १० गते सार्वजनिक गरेको थियो ।
 मुख्य योजनाकार पन्त र योजनाकार राजन खरेल ‘धीरज’ फरार छन्। ***

तपाईको प्रतिक्रिया