Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं- सिंहदरबारभित्र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको  कोठा नम्बर १ सय १३ मा दिउँसै तयहाँका कर्मचारी तास खेलिरहेका हुन्छन् ।
मंगलबार दिउँसो कार्यालय समयमै १२ जना कर्मचारी कोही भुइँमा बसेर तास खेल्दै त कोही चुरोटको धुँवा उडाउँदै गरेका भेटिए।
‘शान्ति मन्त्रालयको यो कोठामा कर्मचारी सधैं तास खेल्छन्,’ एक व्यक्तिले भने-‘एक महिनादेखि नियमित तास खेलेको देखेको छु। दिउँसै तास खेल्ने कस्तो मन्त्रालय ?’
मन्त्रालयको शिविर व्यवस्थापन कार्यालयका अधिकृत विष्णुहरि वाग्लेले भने १ सय १३ नम्बर कोठा फुर्सदको समयमा कर्मचारी आराम गर्ने प्रतीक्षालय कक्ष भएको बताए।
‘त्यो कोठामा टेलिभिजन राखिएको छ, फुर्सदको समयमा टेलिभिजन हेर्न नेपाल कानुन आयोग, मन्त्रालयका कर्मचारी पनि आउँछन्,’ उनले भने, ‘दिउँसो कोठा बन्द हुन्छ, त्यहाँ बसेर तास खेल्छन् कि टिभी हेर्छन्, थाहा भएन।’
महानगरीय प्रहरी परिसरका प्रवक्ता धीरजप्रताप सिंहका अनुसार मन्त्रालयभित्रै तास खेल्दै गरेको अवस्थामा पक्राउ परेमा तिनीहरुमाथि ६ सय रुपैयाँ जरिवाना वा तीन महिना कैद सजाय गर्ने कानुनी प्रावधान छ।

तपाईको प्रतिक्रिया