Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
न्यूयोर्क– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको न्यूयोर्कमा जापानी संस्थाका प्रतिनिधिसँग भेट गरेका छन् ।
प्रचण्ड नेतृत्वको टोलीले लुम्बिनीको बिकासका बारेमा कोरियन र जापानी संस्थाका प्रतिनिधिलाई भेट्नु भएको थियो । भेटमा अन्तर्राष्ट्रिय  समिति बनाएर लुम्बिनीको बिकासमा लाग्ने सहमति भएको थियो  ।
लुम्बिनीको बिकासमा संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली तीन दिन अघि अमेरिका प्रस्थान गरेको थियो । टोलीमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर निर्माण गर्ने गुरुयोजना बनाउन गठित समितिका सदस्य एवं कांग्रेस नेता डाक्टर मीनेन्द्र रिजाल, मनोज बहादुर श्रेष्ठ, प्रचण्डका स्वकीय सचिव समिर दाहाल र प्रकाश दाहाल सहभागी छन् ।  माओवादी अध्यक्ष प्रचण्ड आउँदो २७ गते काठमाण्डू फर्किने कार्यक्रम छ  ।
यसैबीच प्रचण्डले मंगलबार राति संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग पनि भेटवार्ता गर्नुभएको छ  ।
लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजकसमेत रहेका प्रचण्डले लुम्बिनी विकासको गुरुयोजनामा सहयोग गर्न गरेको प्रस्तावलाई मुनले स्वागत गरेका समिति सदस्य एवं कांग्रेस नेता डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया