Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
न्यूयोर्क– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार राति संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसंग भेटवार्ता गर्नुभएको छ  ।
लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजकसमेत रहनुभएका प्रचण्डले लुम्बिनी विकासको गुरुयोजनामा सहयोग गर्न गरेको प्रस्तावलाई मुनले स्वागत गरेको समिति सदस्य एवं कांग्रेस नेता डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
वार्तामा मुख्यत केहि महिना भित्रै गौतम बुद्वको जन्मथलो लुम्बिनीमा मुनको संयोजकत्वमा अन्तर्राष्ट्रिय बैठक गरिने प्रारम्भिक सहमति भएको छ । विदेशी राजनीतिक नेतृत्व देखि दाता, बुद्विजीबी एवम धर्मालम्बीहरुको बृहत बैठकले परियोजनाको खाका र कार्यान्वयनको नीति तय गर्नेछ ।
नेपाली समय अनुसार मंगलबार राति ११ बजेपछि प्रचण्डले राष्ट्रसंघ महासचिव बानकी मुनलाई भेट्नुभएको हो । प्रचण्डले नेपालको सामाजिक आर्थिक बिकास र लुम्बिनीको बिकासका विषयमा राष्ट्रसंघ महासचिव बान की मुनसंग कुराकानी गर्नुभयो । लुम्बिनीको बिकासका लागि अन्तर्राष्ट्रिय समिति बनाउने र त्यसको नेतृत्व वानलाई गर्नका लागि आग्रह गरिएको छ  ।
भेटमा नेपालको शान्ति प्रकृया टुंगाउन र सामाजिक आर्थिक बिकासमा सहयोग गर्नका लागि पनि प्रचण्डले वानलाई आग्रह गर्नुभएको नेता रिजालले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया