Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – जापानमा प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रण देख्न पाइन्छ। अवश्य पनि जापानको प्राकृतिक सुन्दरता अवर्णनीय छ। र घुम्न होस् या र्याँकिंग गर्न कुनै एकलाई छान्न कठिन छ।

यद्यपि जापानमा निहोन सान्केइ (सबैभन्दा प्रसिद्ध तीन प्राकृतिक दृश्य)भनेर तल उल्लेख गरिएका जापानका प्राकृतिक आश्चर्यहरूमध्ये यी तीन प्राकृतिक दृश्यलाई सूचीकृत गरिएको छ।

हिरोशिमा प्रान्तको मियाजिमा

मियाजिमालाई भगवान बास गर्ने टापु मानिन्छ। हरियो वन र निलो समुद्रको काखमा भएको प्राकृतिक सुन्दरताले भरिपूर्ण मियाजिमाको दृश्य जापानीहरूको सौन्दर्यको प्रतीक हो। मियाजिको सुन्दर दृश्यले आगन्तुकहरूलाई नलोभ्याउने सायद कमै हुन्छ।

क्योटो प्रान्तको आमानोहाशिदाते

आमानोहाशिदाते, उत्तरी क्योटो प्रान्तको मियाजु बेको मुखमा फैलिएको तीन किलोमिटर लामो समुद्र तट हो। यसलाई स्वर्गको पुल भनेर चिनिन्छ। यो प्रसिद्ध दृश्यको शताब्दीयौंदेखि प्रशंसा गरिएको छ, र जापानको तीनवटा सबैभन्दा मनमोहक दृश्यहरू मध्येमा गनिन्छ।

मियागी प्रान्तको मात्सुशिमा

मात्सुशिमा जापानको मियागी प्रिफेक्चरमा रहेको टापुहरूको समूह हो। त्यहाँ सल्लाका बोटले ढाकिएका लगभग २६० साना टापुहरू छन्। यो त्यो भूमि हो जसको सुन्दरताले प्रसिद्ध हाइकु कवि मात्सुओ बासोलाई शब्दको अभावमा भएको महसुस गराएको थियो।

तपाईको प्रतिक्रिया