Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

युएई –  नेपाल पत्रकार महासंघ युएई शाखाको सेप्टेम्बर २८ मा भएको तेस्रो अधिबेशनबाट अर्जुन दाहालको अध्यक्षतामा नयां कार्य समिति गठन भएको छ ।

दुबईको एभरेस्ट इन्टरनेशनल होटलमा नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि खेमनाथ पौडेलको उपस्तिथिमा सम्पन्न अधिबेशनले आगामी दुई बर्षका लागि ११ सदस्यीय समिति निर्माण गरेको हो ।

नव गठित समितिमा उपाध्यक्ष भूपराज बस्याल, सचिब निमेष गिरि, सहसचिब त्रिलोचन कोइराला, कोषाध्यक्ष एकेन्द्र थापा रहेका छन । यसैगरी सदस्यहरुमा निमाकान्त पाण्डे, गीतामणी पान्डे, हरि नेपाली रहेका छन । सम्पूर्ण क्षेत्र, जातजाति र बर्गलाइ समेटने गरी महासंघको बिधानअनुसार कम्तिमा एक महिला सदस्य पछि थप्ने गरि तीन पद खाली राखिएको युएई शाखाले जनाएको छ ।

निबर्तमान अध्यक्ष शंकर गवालीको सभापतित्वमा सम्पन्न अधिबेशामा नवगठित समितिले प्रवासको आवाज, समस्या र पीडालाई अझ सुसुचितत गर्नुका साथै पत्रकारिता पेशालाई मर्यादित, ब्यबसायिक र क्षमता अभि गर्ने कार्यकम ल्याई अगाडि बढ्न निबर्तमान समितिका तर्फबाट पूर्व अध्यक्षले शुभकामना दिए ।

सन २००७ मा स्थापना भएको नेपाल पत्रकार महासंघ युएई शाखामा हाल १६ जना सदस्य रहेका छन ।

अधिबेशन पछि महासंघको आयोजनामा अधिबेशन घोषणा तथा अन्तरक्रिया कार्यकम युएईका लागि नेपाली राजदूत धनन्जय झाको प्रमुख आतित्यमा सम्पन्न भयो । प्रमुख अतिथि झाले नवगठित समितिलाई अझ सक्रिय बनेर अगाडि बढ्नुकासाथै दूताबासाका हरेक गतिबिधिमा उचित निगरानी राखी सहयोगी भूमिका खेल्न आगह्र गर्दै सफल कार्यकालको शुभकामना दिए । नवगठित समितिलाई गैरआवासीय नेपाली संघ मध्यपूर्व सहसंयोजक लोकनाथ सुबेदी, नेपाली समाज युएइका अध्यक्ष कृष्ण ढकाल, गैरआवासीय नेपाली संघ युएई अध्यक्ष चन्द्र रोक्का, विभिन्न संस्थाका प्रतिनिधि चित्रबहादुर केसी, श्याम नेपाली, बिमला भट्ट, ममता बिष्टलगायतले सफल कार्यकालको शुभकामना दिए ।

नबगठित समितिकातर्फबाट अध्यक्ष अर्जुन दाहालले महासंघलाई यो या त्यो रुपमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था ब्यक्ति तथा समुदायलाई धन्यबाद दिदै आगामी दिनमा युएइका प्रवासी नेपालीको आवाजलाई महासंगको योजना बनाएर आगाडि बढ्ने प्रतिबदता ब्यक्त गरे । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया