Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – विश्वमा दैनिक अनेकन घटनाहरू भइरहेका छन् । तर, कहिलेकाहीँ हेर्दा सामान्य लाग्ने घटना नै विश्वसामु चासोको विषय बन्दछन् । अझ हाम्रो छिमेकी देश भारतमा त दैनिक अचम्मित पार्ने घटनाहरूको कमी हुँदैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अहिलेसम्म प्रहरीकहाँ मानिसहरू चोरी, हत्या, लुटपाट, बलात्कार, धम्की आदी घटनाविरुद्ध केस दर्ता भएको सामान्य नै हो । तर, प्रहरी चौकीमा गाईविरुद्ध उजुरी दर्ता भएको सुन्नुभएको छ ? पक्कै पनि यो आश्चर्यलाग्दो घटना हो ।

कर्नाटक प्रहरीसँग केही दिनअघि एक यस्तै घटना आयो । जहाँ एक किसान आफ्नी गाईविरुद्ध उजुरी दिन प्रहरी चौकीमा पुगे । उजुरीमा उनले लेखेको निवेदन झन् अचम्मित पार्ने खालको थियो । उनले उजुरीमा लेखेका थिए, ‘मेरी गाईले पछिल्लो चार दिनयता दूध दिइरहेकी छैन ।’

प्राप्त खबरअनुसार यो घटना कर्नाटकको शिमोगा जिल्लाको सिदलीपूरा गाउँको हो । जहाँ गाउँमा बस्दै आएका किसान रमैय्याले केही दिनअघि हालेहोन्नुर प्रहरी चौकीमा एक निवेदन दिएका थिए ।

जब उनको निवेदन हेरे तब प्रहरी पनि चकित भए । किसानले गाईले चार दिनदेखि दूध नदिएकाले निवेदन दिन आएको बताए ।

उनले भने, ‘दैनिक घाँस खुवाउने गरेको छु । बिहान ८ बजेदेखि ११ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म घाँस खुवाउँछु । तर, घाँस खुवाएपछि पनि गाईले दूध दिएन । जो की एकदमै गलत हो । तपाईँहरूले चौकीमा बोलाएर गाईलाई सम्झाएर दूध दिनका लागि राजी गराइदिनुपर्‍यो ।’

प्रहरीले त पहिले किसानको गुनासो सुन्यो । तर, पछि प्रहरीले यस्ता घटना सुल्झाउन नसक्ने भन्दै निवेदन फिर्ता गरेको छ ।

तपाईको प्रतिक्रिया