तेह्रथुम- कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने छलफल चलिरहेको बेला मन्त्रिमण्डल विस्तार गर्नु औचित्यहिन भएको बताउनु भएको छ । आफूहरुले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको कुरा उठाइरहेका बेला प्रधानमन्त्री भट्टराईले एक्लौटी सरकारले विस्तार गर्नुले शान्ति प्रकृयालाई असर पारेको उनले वताइन् ।नेपाल प्रेस युनियन तेह्रथुम शाखाद्धारा म्याङ्लुङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोईरालाले आयु सकिन लागेको सरकार विस्तार गर्नु बेकार भएको बताउनु भयो ।
शान्ति प्रकृया र संविधान निर्माण महत्वपूर्ण रहेको बताउँदै उहाँले दलका नेताहरु शान्ति प्रकृया र संविधान निर्माणलाई बेवास्ता गरी विदेश भ्रमणमा केन्द्रीत हुनु दुःखद भएको बताउनु भयो ।








