Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं– सरकारले ज्यान मुद्दामा सर्वोच्च अदालतले जन्म कैद सजाय तोकेका माओवादी सभासद् बालकृष्ण ढुंगेललाई  माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो सिफारिस गर्ने निर्णय गरेको हो।
२०५५ असार १० गते ओखलढुङ्गाको तारकेराबारीमा ढुङ्गेलले उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेको अभियोग लागेको थियो। अदालतमा प्रत्यक्षदर्शीले उज्जनलाई ढुंगेलले नै गोली हानेको बयान दिएका थिए।
ढुंगेललाई ओखलढुङ्गा जिल्ला अदालतले २०६१ वैशाख २८ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। ढुङ्गेल ओखलढुङ्गा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन।
यसैगरी नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ लगत्तै बसेको मन्त्रीपरिषद बैठकले तीनवटा देशमा राजदूत सिफारीस गरेको छ । भारतका लागि राम कार्की चीनका लागि डाक्टर महेशमान मास्के र युएईका लागि धनन्जय झालाई सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया