Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ ।

यस सम्झौतासँगै नेपालको कोभिड-१९ विरुद्धको खोपको पुँजीको विविधिकरण र सुदृढीकरण भएको विश्व बैंकले जनाएको छ । मोडेर्ना खोपले १२ देखि १७ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्ने जनाइएको छ ।

यी खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ । यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोर-किशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने विश्व बैंकले जनाएको छ ।

‘कोभ्याक्स सुविधामार्फत कोभिड विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं’, माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘यस सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपतकालीन स्वास्थ्य क्षेत्रको माग पूरा गर्न र स्वास्थ्यसेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ ।’

तपाईको प्रतिक्रिया