Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – जापानमा हुने टोकियो ओलम्पिकमा जाने पक्का भएकी प्रशिक्षक इन्द्रकुमारी मल्ल आइतबार कोरोना पोजेटिभ देखिएको भन्दै जापान जानबाट रोकिइन् । नेपाल ओलम्पिक कमिटीले उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो ।

मल्लले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन् । तर जापान जानुअघि शनिबार कोरोना संक्रमण परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो । टोकियो २०२० को आयोजकल कमिटीले बनाएको नियम अनुसार १४ दिनअघि एक पटक मात्र कोरोना पोजेटिभ देखिए पनि जापान प्रवेश गर्न पाइने छैन ।

मल्लले आइतबार आफैं कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । ओलम्पिकमा जानेहरुको कोरोना परिक्षण गरिएकै प्रयोगशाला स्टार हस्पिटलमा उनले परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । मल्लले आफूलाई जापान जानबाट रोक्ने योजनाअनुसार कोरोना रिपोर्ट पोजेटिभ देखाएको बताएकी छन् । ‘हामी सबै जना संगै बसेका छौँ । कसैको पोजेटिभ नहुने मेरो मात्र कसरी पोजेटिभ आयो भनेर फेरि परिक्षण गराएको नेगेटिभ आयो’ मल्लले भनिन्, ‘मैले स्टार हस्पिटलसहित ४ ठाउँमा फेरि परीक्षण गराएँ । सबैमा नेगेटिभ आयो ।’

प्रशिक्षक मल्लले आफूले आफ्नो भविष्यमाथि खेलबाड भएको महशुस गरेको समेत बताईन् । ‘ल्याबको गल्तीको कारण फल्स रिपोर्ट आउदा ओलम्पिक यात्रा रोक्नु अन्यायपूर्ण छ,’ मल्लले भनिन्, ‘ल्याबको कारण मैले मेरो भविष्यमा खेलबाड भएको महशुस गरेको छु ।’प्रशिक्षक मल्लले आफुले कोरोनाको दुबै डोजको खोप लगाएको र आफुलाई कोभिडको कुनै लक्षण नभएको समेत बताईन् । २०४३ सालबाट एथलेटिक्समा आबद्द मल्ल खेलाडी हुँदै प्रशिक्षक बनेकी हुन् । मल्लले भारतबाट प्रशिक्षकको डिप्लोमा कोर्ष गरेकी थिइन् । राखेपको प्रशिक्षक मल्ल पछिल्लो समय पोखरामा कार्यरत छिन् ।

तपाईको प्रतिक्रिया