Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं — फ्रान्सको एन्टी–ट्रस्ट एजेन्सीले मंगलबार गूगललाई ५९ करोड २० लाख अमेरिकी डलर(७० अर्ब ५६ करोड ८९ लाख रुपैयाँ)जरिवाना गरेको छ। समाचार संस्था एपीकाअनुसार पछिल्ला केही साता यता गूगल र फ्रान्सका प्रकाशकबीच विवाद थियो। प्रकाशकहरुले आफ्नो समाचार प्रयोग गरेवापत गूगलले रकम भुक्तानी गर्नुपर्ने माग राख्दै आएका थिए।एजेन्सीले तीन महिनाभित्र प्रकाशकहरुसँग कुरा गरी समस्या समाधान गर्न गूगललाई भनेको थियो। गूगलले यो नमानेपछि जरिवाना गरिएको हो।

तपाईको प्रतिक्रिया