Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

विराटनगर – प्रधानमन्त्री बाबुराम भट्टराईलाई चढ्न बनाएको सुविधासम्पन्न मुस्ताङ म्याक्स गाडी तयार भएको छ । डेढ महिना लगाएर बनाइएको गाडी सोमबार राजधानी पठाइँदैछ ।

प्रधानमन्त्री निर्वाचित हुनासाथ भट्टराईले स्वदेशमै उत्पादित मुस्ताङ गाडी चढ्ने भनेपछि यो चर्चामा आएको हो । शपथ ग्रहणअघि नै चाहिएकाले त्यो बेला उपलब्ध मुस्ताङ गाडी उत्पादक हुलास मोटर्सले पठाएको थियो ।

हालसम्म प्रधानमन्त्रीले चढ्ने मुस्ताङभन्दा फरक नदेखिने नयाँ गाडीमा अत्याधुनिक सुविधाहरू उपलब्ध भएको र धेरै आरामदायीसमेत रहेको हुलासले जनाएको छ । ११ सिट क्षमताको यो गाडी २५ सय ४० सीसीको छ । यसमा कालो सिसादेखि एयरकन्डिसन, सेन्ट लक, न्यूनतम आवाज, भ्राइब्रेस कमजस्ता सुविधा थप गरिएको छ । ‘हामीले सक्दो राम्रो र सुविधाजनक बनाउने प्रयास गरेका छौं,’ हुलासका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छाले भने ।

डिजेलबाट चल्ने यो गाडी पहिलाको तुलनामा बढी कुद्न सक्छ । यसले प्रतिलिटर १० देखि १२ किलोमिटरसम्म माइलेज दिने उत्पादकको दाबी छ । अहिले प्रधानमन्त्री चढ्ने गाडी १६ लाख २५ हजार मूल्यको हो भने नयाँको मूल्य २० लाख पुगेको छ । प्रधानमन्त्रीकै लागि भनेर बनाएका कारण धेरै सुविधा थप्नुपरेकाले मूल्य बढेको गोल्छाले बताए ।

‘नयाँ गाडी चढेपछि प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्छ,’ गोल्छाले भने, ‘प्रधानमन्त्रीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न चालेको कदमलाई यो गाडीले सन्तुष्टि दिनेछ ।’

हुलास मोटर्सले व्यक्तिगतभन्दा व्यावसायिक प्रयोजनका लागि १५ वर्षदेखि विभिन्न गाडी उत्पादन गर्दै आएको छ । ‘हाम्रा उत्पादन भीआईपीका लागिभन्दा सुरक्षा गस्तीका लागि प्रयोगमा आउन सक्ने खालका छन्, यसतर्फ सरकारको ध्यान जान सकेको छैन,’ गोल्छाले भने, ‘स्वदेशी उत्पादनलाई बढावा दिने नीति नै बन्नु जरुरी छ ।’

– कान्तिपुरबाट

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया