Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौ – नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले शान्ति प्रक्रियाका लागि गरिएको सातबुँदे सहमति कार्यान्वयन भएपछिमात्र ऐतिहासिक चमत्कार हुने बताएकी छन् ।

विश्व प्रजातान्त्रिक युवा सङ्घको १८ औँ महासभाको सन्दर्भमा युवा सङ्घ नेपालले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सातबुँदे सहमतिले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र संविधान लेखनमा समेत सहयोग पुर्‍याउनेमा जनतामा थप उत्साह पैदा भएको छ ।’

यही कात्तिक २२ देखि कात्तिक २७ गतेसम्म पोर्चुगलमा हुने सो महासभाको निर्वाचनका लागि नेपालको तर्फबाट योगेन्द्र शाहीले अध्यक्ष पदका लागि उम्मेदवार दर्ता गरेका छन् । उनले यसअघि दुई कार्यकाल उपाध्यक्षको रुपमा काम गरिसकेका छन ।

एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले सो महासभामा नेपाल अध्यक्ष पदमा विजयी भएमा दक्षिण एसियाका लागि नै गर्वको विषय हुने बताए ।

नेपालबाट एमाले वैकल्पिक पोलिटब्युरो सदस्य तथा संघका युरोप इन्चार्ज अरुण नेपाल, केन्द्रीय सदस्य योगेश भट्टराई, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत, अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेल सहित ११ जनाको समूहले महासभामा भाग लिनेछ ।

संघ स्थापना भएको ६६ वर्ष भएको छ । संघले विश्वमा शान्ति स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संयुक्त राष्ट्र संघले सन् १९१० मा शान्ति सन्देश अवार्डबाट सम्मान गरेको थियो ।

संघको १८ औँ महासभामा भाग लिनका लागि नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।+++

तपाईको प्रतिक्रिया