Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं- वन कर्मचारी शम्भु यादवलाई कुटपिट गरी घाइते तुल्याएको आरोप लागेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् प्रमोद गुप्ताले शनिबार पत्रकार सम्मेलनमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेका छन्।
सदरमुकाम कलैयास्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा सभासद् गुप्ताले कर्मचारी यादवलाई आफूले नभई आफ्ना सहयोगीले हातपात गरेको बताउँदै उनीहरुका तर्फबाट माफी मागेका हुन्।
पत्रकार सम्मेलनमार्फत सभासद् गुप्ताले घटनाको सत्यतथ्य छानबिन गर्न मागसमेत गरेका छन। सत्यतथ्य छानबिन होस् -उनले दोषी देखिए कारबाही भोग्न पनि तयार छु -भने। गल्ती नै नगरेको घटनामा आफूविरुद्ध कर्मचारीहरुले अनावश्यक वक्तव्यबाजी गरेको आरोपसमेत लगाए।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद प्रमोद गुप्ता र उनका सहयोगीले इलाका वन कार्यालयका जमदार शम्भु यादवलाई कार्यालयमै गएर कुटपिट गरेका थिए ।
सभासद गुप्ताले कलैयामा बनाउँदै गरेको घरका लागि तेतरिया स्थित पुरानो घरबाट ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको काठ रोकेको भन्दै यादवलाई कुटपिट गरेका थिए ।

तपाईको प्रतिक्रिया