Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं– संवैधानिक समितिको सिंहदरबारमा बसेको बैठकले राज्य पुनःसंरचनाका लागि सुझाव दिन विज्ञहरु सम्मिलित समिति बनाउने संवैधानिक उपसमितिको निर्णयलाई अनुमोदन गरेको छ ।
बैठकपछि नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनालले बैठकले विज्ञहरु सम्मिलित समिति बनाउने उपसमितिको निर्णय अनुमोदन गरेको जानकारी दिनुभयो ।
 संवैधानिक उपसमितिको बैठकले राज्य पुनःसंरचनाका लागि सुझाव दिन विज्ञहरु सम्मिलित समिति बनाउने सहमति गरेपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।
संवैधानिक समितिको बैठकले गत कात्तिक १५ गते चार दलबीच भएको सातबुँदे सहमतिको स्वागत गरेको छ ।

तपाईको प्रतिक्रिया