Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – यसै साता गरिएको ठूलो साइबर आक्रमणमा सयौं अमेरिकी कम्पनी र संघीय सरकारका इकाइहरूलाई निशाना बनाइएको छ ।

यस आक्रमणमा कुनै विदेशी सरकारको हात रहेको विभिन्न अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् भने केहीले यस ह्याकिङमा रुसको हात रहेको आरोप लगाएका छन् ।

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले बिहीवार एक बयान जारी गरेर यी साइबर आक्रमण गर्नेविरुद्ध कारवाही चलाउने प्रतिज्ञा गरेका छन् । आफूले कार्यभार सम्हालेपछि साइबरसुरक्षालाई उच्च प्राथमकितामा राख्ने उनको भनाइ छ ।

आक्रमणका विषयमा सबै कुरा स्पष्ट नभए पनि आफूहरूले थाहा पाएसम्म यो गम्भीर चिन्ताको विषय भएको उनले बताए ।
अघिल्लो साता व्यापक ह्याकिङको खबर आएको थियो ।

यो आक्रमण अमेरिकी कम्पनी सोलारविन्ड्सले बनाएको र बजारमा पठाएको ओरियोन नेटवर्क मोनिटरिङमार्फत गरिएको र यसमा सम्भवतः विदेशी मुलुकको हात रहेको साइबरसुरक्षा कम्पनी फायरआईले जनाएको छ ।

मंगलवार अमेरिकाको होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले सरकारी कार्यालयहरूमा साइबर आक्रमण भएको स्वीकार गरेको थियो र यसको प्रतिकारका लागि सरकारी तथा निजी साझेदारसँग मिलेर काम गरिरहेको जानकारी दियो ।

अमेरिकाको साइबरसुरक्षा निकाय (सीसा) ले यस आक्रमणबाट अमेरिकी सरकारका सबै तहलाई गम्भीर जोखिममा पारेको र धेरै निकायहरूलाई असर पारेको बिहीवार जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया