Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
जनकपुर- नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका राष्ट्रपति पुत्र चन्द्रमोहन यादवले ‘आयो आयो साइकलमा रुख आयो’ नारासाथ वृक्षारोपण अभियान थालेका छन्। राष्ट्रपति डा.रामवरण यादवको पुर्ख्यौली गाउँ सपहीबाट शुक्रबार देखि औपचारिक रुपमा अभियान सुरु हुन लागेको चन्द्रमोहनले बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराए। उनले धनुषा क्षेत्र नम्बर ५ का १५ वटै गाविसको सबै वडामा कम्तीमा दुई वटाको दरले विरुवा रोप्ने कार्यक्रम तय गरेका हुन्।
गत चैत महिनामा क्षेत्र भित्रका सबै गाउँको सबै टोलमा साइकल चढेर पुगेका चन्द्रमोहन यतिबेला पुनः साइकलमै विरुवा बोकेर घुम्ने योजना सार्वजनिक गरेका हुन्। एउटा गाविसमा २० वटाको दरले १५ गाविसमा तीन सय विरुवा रोप्न उनलाई जिल्ला वन कार्यालयले नीम, अमला, जामुन, वर, पीपल, कदम र गुलमोहर लगायत जातको विरुवा उपलब्ध गराउने सहायक जिल्ला वन अधिकृत सुरेश शर्माले जानकारी दिए।
गाउँ-गाउँमा वृक्षारोपन अभियानलाई राजनीतिक मुद्दासँग जोडेर नहेर्न आग्रह गर्दै यादवले जुनसुकै दल र पार्टीमा आबद्ध भएपनि स्थानीय सबैलाई सहयोग गर्न आग्रह गरे। ‘रुख नेपाली काँग्रेसको चुनाव चिह्न हुनु र म पनि काँग्रेसी हुनु संयोग मात्रै जुड्न पुगेको हो’ पत्रकार सम्मेलनमा यादवले भने ‘रुख हरेक प्राणीको लागि आवश्यक र अपरिहार्य रहेकाले यसको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा कर्तव्य हो।’ तराईको पर्सादेखि सप्तरीसम्म राजमार्गदेखि दक्षिणको क्षेत्रमा यसपाली पनि खडेरी परेको स्मरण गर्दै उनले यो चुरे विनाशको प्रत्यक्ष प्रभाव परेको बुझ्न सबैलाई आग्रह गरे।
अभियानमा रोपिने रुखको संरक्षण गर्न प्रत्येक वडाका सक्रिय र जागरुक मध्ये पाँच जनाको समूह गठन गरी जिम्मा लगाइने योजना उनले सुनाए। कांग्रेसका संस्थापक बीपी कोइरालाले वृक्षा रोपनलाई विशेष महत्व दिने गरेको प्रसंग स्मरण गर्दै यादवले २००७ सालदेखि नै समय समयमा वृक्षा रोपन गरिएपनि दिवस र सभा सम्मेलनको उद्घाटनको औपचारिकतामै सिमित भएको टिप्पनी गरे। उनले आफुले साइकलमा विरुवा बोकेर गाउँ गाउँमा रोप्न थालेपछि सर्वसाधारणमा पनि चेतना फैलिने विश्वास व्यक्त गरे।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया