Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न तथा प्रतीक र राष्ट्रिय जनावरको अपमान गरेको आरोपमा बाँके क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारमाथि छानबिन गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ।

हिन्दू जागरण नेपालले बुधबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनारको अभिव्यक्तिले समाज भड्काउने काम गरेको भन्दै छानबिन र कारबाहीको माग गरेको हो। ज्ञापनपत्रमा सुनारले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाइएको छ। यस्ता अभिव्यक्तिले आम मानिसमा भ्रम फैलाउने, सामाजिक सद्भावमा असर पुर्‍याउने र राष्ट्रको गरिमा कमजोर बनाउने भएकाले उनको उम्मेदवारी खारेज गर्नुपर्ने माग पनि गरिएको छ।

हिन्दू जागरण नेपालले यस्ता गतिविधिले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने बताउँदै समयमै रोक लगाउन आग्रह गरेको छ। साथै, प्रचलित कानुन र निर्वाचन आचारसंहिताअनुसार छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया