Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – विज्ञान र प्रविधिको विकाससँगै मानिसले अनेक वस्तु आविष्कार गरेका छन्। ती वस्तुले मानव जीवनलाई सरल र सहज बनाइदिएका छन्। त्यस्तै आविष्कारमध्येको एक हो– रोबोट।

सन् २०१८ मा अन्तर्राष्ट्रिय रोबोटिक्स संघले निकालेको औद्योगिक रोबोट्स रिपोर्टका अनुसार जापान संसारको सबैभन्दा धेरै औद्योगिक रोबोट उत्पादन गर्ने देश हो ।

सन् १९३२ मा जापानमा एक खेलौनाका रूपमा प्रथमपटक रोबोट बनाइएको थियो । त्यसपछि सबैभन्दा पहिलो चल्ने रोबोट पनि सन् १९७३ मा जापानले बनाएको थियो ।

सन् २०१० मा ह्युमनोइड रोबोटको इतिहासमा ‘ह्यान्सन रोबोटिक्स’ ले ‘सोफिया’ नामको सामाजिक रोबोटको निर्माण गरी रोबोट
जगत्मा एक तरङ्ग ल्याइदियो । यो रोबोटमा कृत्रिम बुद्धिमत्ता रहेको छ । यसलाई महिलाको आकृतिमा सार्वजनिक गरिएको थियो । यसले एक सय ६० वटा मानव भावना सहज रूपमा प्रकट गर्दै दोहोरो कुराकानी गर्न सक्ने क्षमता राख्दछ ।

यस्तै हालसालै जापान विश्वकै सबैभन्दा अग्लो रोबोट बनाएर नयाँ किर्तिमान रच्न सफल भएको छ।

करिब ६० फीट अग्लो उक्त रोबट जापानको योकोहामा शहरमा रहेको छ । विशाल ह्युमनोइड रोबट १९७० को लोकप्रिय चलचित्र मोबाइल सूट गुंडमू को रोबोटसँग मिल्दोजुल्दो छ।

उक्त रोबोट २०१४ देखि निर्माण सुरु गरिएको थियो। हाल निर्माण सम्पन्न भैसक्दा त्यसको तौल २४ टन मापन गरिएको छ । स्टिल र कार्बन फाइबरद्धारा प्रबलित प्लास्टिकको मिश्रणबाट बनेको यो रोबटमा २०० भन्दा बडी पार्ट पुर्जा रहेको छ।

रोबोटको बारेमा केही जानकारी
  • लियोनार्दो दा भिन्चीले सन् १४९५ मा रोबोटिक मेसिन बनाउने योजना बनाएका थिए, जुन हतियारधारी मानवकृत रूप थियो।
  •  पहिलो बोल्ने मानवीय रोबोट इलेक्ट्रो हो, जुन अमेरिकाको वेस्टिङ हाउसले सन् १९३९ मा बनाएको थियो। यो सात फिट अग्लो थियो र यसले सात सय शब्द बोल्न सक्थ्यो।
  •  पहिलोपटक रोबोटले सन् १९७९ मा अमेरिकाको फोर्ड कम्पनीमा दुर्घटनाबस रोवर्ट विलियमलाई मारेको थियो।
  • सबैभन्दा सानो रोबोटलाई नानोबोट भनिन्छ। यो एक मिलिमिटरको हजारगुणा सानो हुन्छ।
  • संसारमा सबैभन्दा धेरै रोबोट जापानमा प्रयोग गरिन्छ। त्यहाँ संसारको कुल ३० प्रतिशत रोबोट प्रयोग गरिन्छ। जापानलाई संसारको रोबोटिक क्यापिटल भनेर चिनिन्छ।
  • पहिलो औद्योगिक रोबोट युनिमेट हो, जुन सन् १९५० तिर जर्ज डभोलले बनाएका थिए। उनी अमेरिकाको जनरल मोटर्समा काम गर्थे।
  •  जापानमा मानिसले २० दिनसम्म कुनै मानिसले निरीक्षण गर्नै नपर्ने कारखाना छ। जहाँ रोबोटले २४ घण्टा काम गर्छ। जुन २००१ बाट सुरु भएको थियो।
  •  पहिलोपटक सन् २००२ मा रोबोटलाई अफगानिस्तानको युद्धमा प्रयोग गरिएको थियो।
  • सर्वप्रथम नागरिकता प्राप्त गर्ने रोबोट सोफिया हो। उनलाई साउदी अरबले नागरिकता दिएको थियो।

अहिले संसारमा प्रयोग हुने रोबोटमध्ये ६० प्रतिशत रोबोट जापानबाट उत्पादन हुने अध्ययनले देखाउँछ। घरायसी, औद्योगिक, मनोरञ्जनात्मकदेखि अहिले जापानले यौन खेलौनाका रूपमा पनि रोबाटको उत्पादन गरिरहेको छ।

यससँगै रोबोटलाई पनि मानिसझैँ क्रोध, प्रेम, सुखदुःखलगायत भावना महसुस गराउने प्रविधिकोे विकास गर्न जापान लागिपरेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया