Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – संसारमा अचम्मका गाउँहरू धेरै छन् । यहाँ हामी यस्तो गाउँको कुरा गर्दैछौं जहाँ पुरुष महिला र पशुपंछी पनि अन्धा छन् ।

यस गाउँका पक्षी उड्न सक्दैनन् र उनीहरू रुखमा ठोक्किएर लड्छन् । मानिस पनि केही देख्दैनन् ।

अमेरिकाको टिल्टेपक नामक एक गाउँमा जोपोटेक जातिका करीब ३०० रेड इन्डियनहरू बस्छन् । यी मानिस जन्मदेखि नै अन्धा होइनन् तर जन्मेको केही समयमा नै आँखा देख्न सक्दैनन् ।
यहाँका मानिस पत्थरमा सुत्छन् र मकै तथा खुर्सानी खान्छन् । अहिले पनि उनीहरू काठबाट बनेको हतियार चलाउँछन् ।

टिल्टेपक एक सडकको किनारामा बसेको छ । त्यहाँ ७० वटा झोपडीहरू छन् । घरमा झ्याल र ढोका छैनन् किनकि त्यहाँका मानिसलाई उज्यालो चाहिँदैन ।

दिनको आरम्भमा यहाँका मानिसले पशुपक्षीको आवाज निकाल्छन् । साँझ भेला भएर उनीहरू भोजन गर्छन् । त्यसपछि रक्सी पिएर उनीहरू गीत गाउँदै नाच्छन् ।

स्थानीयहरूका अनुसार, त्यहाँको लावजुएजा नामक रुखलाई हेरेपछि उनीहरू अन्धा हुने गरेका छन् । तर यो सत्य होइन किनकि पर्यटकहरू रुख देखेर अन्धो हुँदैनन् ।

केही समयअघि वैज्ञानिकहरूले यसको कारण पत्ता लगाए । एक कीटाणुका कारण प्राणी अन्धा हुने रहेछन् । कालो झिंगाले टोकेपछि कीटाणु शरीरमा फैलिन्छ अनि आँखाको नसाले काम गर्न सक्दैन र मानिस तथा पशु अन्धो हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया