Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
मणि दाहाल
काठमाडौं- ‘आई लभ यु, पापा, मामु एन्ड बुजु (भाइ)!’ फिलिपिन्समा पाइलट कोर्स अध्ययनरत छोरा क्षितिजले शनिबार साँझ बुबा टेकबहादुर चन्दलाई एसएमएस गरेका थिए। मोबाइलमा टेक्स झरेको दुई मिनेटमै फिलिपिन्सको मसवातीमा जहाज दुर्घटना भयो। त्यहाँका गृहमन्त्री सवार विमानका कोपाइलट क्षितिज समुन्द्रमै बिलाए।
सात समुद्रपार रहे पनि दिनहुँजसो छोरासँग सम्पर्कमा रहने काठमाडौं तीनकुनेका चन्दले एसएसएसमा कुनै अनिष्ठको संकेत पाएका थिएनन्। त्यसको २४ घन्टा नबित्दै फिलिपिन्सबाट आइतबार बिहानै आएको फोनले उनलाई बेहोस बनायो। क्षितिजका साथीले फोनबाट बज्रपातको खबर दिए।
‘आइतबार बिहानमात्रै थाहा पायौं,’ क्षितिजका सानोबुबा (आमापट्टिका) उमेश सिंहले नागरिकसँग भने, ‘एसएसएस प्राप्त भएको समय र जहाज दुर्घटना भएको समयबीच दुई मिनेट मात्रै अन्तर रहेछ।’
फिलिपिन्सको राजधानी मनिलाबाट करिब ३ सय ८० किलोमिटर दक्षिणपूर्वी क्षेत्र मसवातीमा भएको दुर्घटनामा बेपत्ता तीनजनाको खोजी कार्य जारी छ। फिलिपिन्सका गृहमन्त्री जेस रोब्रेडोको गृहनगर नागा पुगेर मसवाती आउँदै गरेको छसिटे पाइपर सेनेका जहाज किनाराबाट एक किलोमिटर समुद्रमा दुर्घटना भएको थियो। सो विमानमा सवार गृहमन्त्रीका अंगरक्षक जुन अब्राजाको भने पौडिएर बाँच्न सफल भएका छन्। उनलाई माझीहरुले उद्धार गरेका थिए।
नेपालभन्दा तीन घन्टा छिटो समय रहेको फिलिपिन्समा सोमबार अँध्यारो भएपछि तेस्रो दिनको खोजी कार्य रोकिएको छ। तेस्रो दिन पनि अत्याधुनिक उपकरणसहितका उद्धारकर्मीले खोजी कार्य गरेको फिलिपिनी सञ्चारमाध्यमले बताएका छन्। खोजी कार्यमा फिलिपिनी सेना, प्रहरी तथा तटरक्षक र गोताखोरको प्रयोग गरिएको छ।
उद्धार कार्यको अनुगमन गरिरहेका यातायातमन्त्री मार रोजासले बेपत्ताबारे सूचना पाउन नसकिएको बताएका छन्। ‘कुनै सकारात्मक समाचार छैन,’ घटनास्थलमा रहेका उनले एएफसीसँग भने, ‘कुनै गलत प्रभाव दिन चाहेका छैनांै। हामी अहिले पनि खोजी तथा उद्धारको अवस्थामा छांै।’ उनले सेनाका हेलिकप्टरलाई ठूलो क्षेत्रमा खोजी गरिरहेको जानकारी दिए। रोक्सासले अमेरिकी सरकारले समुद्रको निकै तलसम्म खोजी गर्न सक्ने विशेष प्रकारको ‘रिमोट कन्ट्रोलबाट चल्ने बहान’को प्रस्ताव गरेको बताए। घटनास्थल पुगेका राष्ट्रपति बेनिग्नो अक्विनोले पूरै रात सो सहरमा बिताएका छन्।
फिलिपिन्समा बेपत्ता तीनैजनाको कुशलताको कामना गर्दै प्रार्थनाहरु भएका छन्। फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले सोमबार साँझ र मंगलबार बिहान प्रार्थनामा सहभागी हुने आह्वान गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनाको जानकारी पाउनेबित्तिकै फिलिपिन्स लागेका क्षितिजका बुबा कर्णेल टेकबहादुर चन्द सोमबार मासबेत पुगेका छन्। क्षितिज अध्ययन गर्दै आएको शेबुस्थित एभिटुर एभिएसन स्कुल पुगेका उनी सोमबार दुर्घटनास्थल पुगेका छन्।
२२ वर्षे क्षितिज कोर्स सकेर दसैंमा फर्कने योजनामा थिए। डेढ वर्षदेखि फिलिपिन्समा रहेका उनले व्यावसायिक पाइटलका लागि आवश्यक २ सय घन्टामध्ये १ सय ८५ घन्टाको उडान भरिसकेका थिए।
‘शनिबार उडान भर्ने उसको पालो थिएन,’ सिंहले भने, ‘पालोमा परेको व्यक्तिको बिरामी भएकाले क्षितिज उडानमा गएको उनका साथीहरुले बताएका छन्।’ पुर्खाैली घर बैतडी रहेका क्षितिजका पिता सेनाका रिटायर्ड कर्णेल हुन्। हाल उनी पाँचतारे होटल डेला अन्नपूर्णमा सुरक्षाप्रमुख छन्। क्षितिजका आम आमा मञ्जु, भाइ संयम छन्। संयम सोमबारमात्र अध्ययन सिलसिलामा अमेरिका प्रस्थान गरेका छन्।
‘यस्तो घटना भएको बेला जान मानेको थिएन,’ सिंहले भने, ‘जो हुनु भइहाल्यो, पढाइ नबिगार भनेर पठायौं।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया