Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौ – एक युवतीलाई यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप लागेका भारतका पुर्वमन्त्री गोपाल गोयल काँडा भागेर नेपाल आएको आशंका गरिएको छ ।
भारतको हरियाणा राज्यका पुर्व मन्त्री काँडा दिल्ली प्रहरीले खोजी गर्न थालेपछि भागेर नेपाल आएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । ‘टाइम्स अफ इडिण्या’को शुक्रबारको अंकमा कान्डा नेपाल भागेपछि उनलाई  पक्राउ गर्न दिल्लीबाट भारतिय प्रहरीको बिशेष टोली नेपाल आएको उल्लेख छ । उनीहरुले कान्डालाई  पक्राउ गर्न नेपाल प्रहरीसंग मदत मागेको समेत उल्लेख गरेका छन् ।
दिल्लीको उच्च प्रहरी उद्धत गर्दै उसले कान्डाका बहिनी ज्वाई बन्टी बंशलले नेपालमा ४० मिनेट फोन कुरा गरेको देखिएपछि उनी भागेर नेपाल आएको अनुमान गरिएको हो । ११  दिन देखी फरार कान्डाका नातेदारको फोन डिटेल्स निगरानीमा राखेको दिल्ली प्रहरीले बशंलको नेपालमा सम्पर्क भएको आधारमा यो अनुमान गरेको हो ।
फोन डिटेल्सकै आधारमा भारतीय प्रहरीले बंशललाई बुधबार दिल्लीमा पक्राउ गरेको थियो । त्यसैलाई आधार मानेर भारतिय सञ्चार माध्यमले कान्डा पक्राउबाट बच्न नेपाल आएको बताउँदै आएका छन् । ‘द हिन्दु, ‘ईण्डिया टुडे’ र ‘एनडिटिभी’ लगायत अन्य भारतिय अनलाईन र छापा माध्यममा नेपाल भागिसकेका सामाचार छन् ।
नेपाली अधिकारीले कान्डाका बारेमा केहि जानकारी नभएको बताए । केन्दि्रय प्रहरी  प्रवक्ता डिआइजी विनोद सिंहले कान्डा अहिलेसम्म कुनै पनि नाकाबाट नेपाल प्रवेस गरेको नपाइएको बताए । ‘प्रहरी रेकर्डमा त्यस्तो भेटिएको छैन’ उनले भने । भारतिय पक्षबाट कान्डाका बारेमा औपचारिक वा अनौपचारिक कुनै प्रकारको जानकारी समेत नआएको उनको दावी छ ।
कान्डाले आफ्नै एयरलाइन्स कम्पनी ‘एमडिएलआर’ की एयरहोस्टेज २३ वर्षीया गीतिका शर्मालाई यातना दिएर आमहत्या गर्न बाध्य बनाएको आरोप छ । गीतिकाले अगष्ट ५ (साउन २१) गते आफ्नो फ्याल्टमा झुण्डिएर आत्महत्या गरेकी  थिईन् । एडिटिभीका अनुसार गितीकाले सुसाइड नोटमा मन्त्री काँडा र एयरलाइन्सकै कर्मचारी अरुना च्ढढाले दुर्व्यवहार गरेको उल्लेख गरेकी छिन् । पोष्टमार्टम रिर्पोटमा गीतिका माथी बलत्कार भएको उल्लेख थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया