Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

पहरामा फुल्ने गुराँसलाई गोडमेल गर्न माली चाहिंदैन
कविताका लागि मलाई ठूलाठूला ताली चाहिंदैन !!!

सामुन्नेमा साह्रै भक्तिगान, पछाडि परे नभए हुने धारेहात
नसुनिने त्यस्ता नराम्रा गाली चाहिंदैन !!!

स्वागतमा मुस्कानको सगुन भए पुग्छ
आडम्बरले भरिएको मेवा मिष्ठान्नका थाली चाहिंदैन !!!

सेबक नै हुन् आमाबुवा, ढुंगा पुज्छौ किन ?
मन्दिरमा भोग खाने डरलाग्दी काली चाहिंदैन !!!

खुशी हुन आफैभित्र रम्न सिक्नुपर्ने रैछ
बगरमै नाच्छे धोबीचरी उसलाई अनेक डाली चाहिंदैन !!!

टोकियो, जापान

तपाईको प्रतिक्रिया