Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य एवम् सहप्राध्यापक डा. लालमणि पाण्डेयद्वारा लिखित पुस्तक ‘हिन्दु राजनीतिक विचारधारा’को लोकार्पण गरिएको छ । वाल्मीकि विद्यापीठको मिनिहलमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकको लोकार्पण गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति माधवराज गौतमले विद्याको क्षेत्रमा कुनै विभेद नरहेको धारणा व्यक्त गर्नुभयो । विशिष्ट अतिथी प्राध्यापक अमिर पाण्डेले प्राच्य राजनीतिमा दण्डनीतिको अधिक प्रयोग भएको बताउनुभयो । यसैगरी पुस्तकका लेखक विद्यापीठका पुर्वप्राचार्य सहप्राध्यापक डाक्टर लालमणि पाण्डेयले प्राच्य हिन्दूराजनैतिक व्यवस्था प्रजा अनुकूल चल्ने भएकाले लोकतान्त्रिक रहेको चर्चा गर्दै पुस्तक लेखन एवं प्रकाशन कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विद्यालय प्राध्यापक संघका सभापति शम्भुराज गौतम, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ एकाइ समिति वाल्मीकि विद्यापीठका अध्यक्ष एवम् धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई, वाल्मीक विद्यापीठका प्राचार्य सहप्राडा गणेश घिमिरे लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसैगरी डा. जनकराज भट्टले पुस्तकको समीक्षात्मक चर्चा गनुभएको थियो भने कार्यक्रमको सहजीकरण सहप्राडा भेषराज अर्यालले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया