Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैंको रौनक प्रत्यक्ष वा अप्रत्यक्ष स्वदेश तथा विदेशका नेपालीहरुको मनमस्तिस्कमा प्रवेश गरिसकेको छ । विदेशमा पारिवारिक र नेपालको जसरी साँस्कृतिक रुपमा दशैं मनाउन नसकिए पनि आ-आफ्नो अवस्था र परिस्थितिअनुसार कुनै न कुनै रुपमा मनाउने प्रचलन बढ्न थालेको छ । जापानमा जमरा र टिका लगाएर सार्वजनिक सवारी साधनमा ओहोर दोहोर गर्ने गरेको विगतका बर्षहरुमा नै देखिन थालेको थियो । पछिल्ला बर्षहरुमा जापानमा नेपालीहरुको बृद्धि उल्लेख्यरुपमा भए संगै चाडवाडहरुमा पनि छुट्टै रौनक देखिन थालेको छ । तीज त्यसको सबैभन्दा राम्रो र सबैले प्रष्ट रुपमा अनुभूत गरेको उदाहरण बन्न पुगेको छ । जापानका नेपालीहरुले किनमेल गर्ने ठाउंहरुमा भिडभाड सुरु भैसकेको छ भने टाढा टाढाबाट पनि दशैंका लागि छाला सहितको खसीको मासु र टिकाका लागि अविर लगायतका सामानहरुको जोहो गर्ने क्रम सुरु भईसकेको देखिन्छ । जहां भए पनि अवस्थाअनुसार आफ्नो सँस्कारको संरक्षण गर्नु र नियमित भन्दा फरक ढंगको दिनचर्या चाडबाडका अवसरमा अपनाउनुले मात्रै पनि विदेशमा फरक अर्थ राख्ने कुरामा दुइमत हुन सक्दैन ।

दशैं मुलतः पेशा व्यवसायका कारण परिवारसंग छिन्न भिन्न भै बस्न बाध्य भएकाहरुको मिलनको अवसरका रुपमा पनि चिनिन्छ । राजधानी काठमाडौंबाट दिनहुं एक लाखको हाराहारीमा दशैंका लागि बाहिरिएको समाचार आइरहेका बेला विदेशबाट स्वदेश जानेहरुको संख्याले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भरिभराउ भैरहेकोले यात्रुहरुले सामान बुझ्न पनि समस्या परिरहेको जानकारीमा आएको छ । यो बेला नेपाल जाने सबै एयरलाइन्सहरु पुरै बुक भैसकेकाले अगाडि नै टिकट नलिनेहरुलाई दशैं अगाडि नेपाल पुग्न मुस्किल परिरहेको छ । जापानबाट मात्रै करीव ७ सय जना भन्दा बढी दशैं तिहारका अवसरमा नेपाल पुग्ने अनुमान छ । यस बर्ष नेपालमा गैरआवासीय नेपाली संघको बिश्व सम्मेलन तथा आगामी कार्यकालको नेतृत्व चयनको बर्ष पनि भएकाले नेपाल जानेका लागि थप अवसर जुरेको छ । उक्त सम्मेलनमा सहभागी हुन चाहने जापानबासी नेपालीहरुको सूची नै सय कटिसकेको जानकारी प्राप्त भएको छ । त्यति मात्रै नभएर दशैं र तिहारको लगत्तै नेपालमा उपनिर्वाचन हुन गैरहेको छ । दशैं अनि एनआरएन अधिवेशन त्यसपछि तिहार र लगत्तै चुनाव भएकाले फरक फरक रुचिका प्रवासी नेपालीहरु स्वदेश जाने समय एउटै परेकोले पनि यस बर्षको दशैं तिहारमा विदेशबाट स्वदेश फर्कनेहरुको संख्या सँधैं भन्दा निकै बढी हुने सहजै अनुमान गर्न सकिन्छ ।

प्रसंग र सन्दर्भहरु जे जे भए पनि संसारभरिका नेपालीहरुले नेपालीहरुका परम्परागत संस्कार र संस्कृतिका असल पक्षहरुको संरक्षण गर्न सक्नु राम्रो कुरा हो । यस बर्षको बडा दशैंतिहार लगत्तै नेपालमा हुन गैरहेको संविधान सभाको निर्वाचन निष्पक्ष र भय रहित हुन सकोस र संविधान कार्यन्वयनको पाटोमा थप गति लिन सकोस् भन्ने कामना छ । यसका साथै हामी जापानबासी मात्रै नभएर समस्त नेपालीजनमा विजया दशमीका अवसरमा उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया