Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026


हिमचुलीको सङ्लो पानीमा
आकृति हेरिरहन मन लाग्ने
बिर्सुंभन्दा झन् झन् सम्झने

तिम्रो सम्झना
लाग्छ पला पलामा
सम्झिरहने त्यो अदृश्य छायाँ
जीवन्त रहने सम्झनामा कुदिरहेछन्

अहो ! म कति भाग्यमानी
तिम्रो सम्झनामा
सपनाहरु देख्न पाउने
हर घडी समयलाई लज्जित बनाएर
सम्झने तिम्रो सम्झना
साँच्चि म कति भाग्यमानी

आज बादल पनि
बेमौसममा फाटि दिन
बाध्य भए जस्तो लाग्छ

ती पालुवाहरु हषिर्त भइ
फक्रिन उत्सुक भइरहेछन्

इन्द्रेणीले रङ फेर्दै
मयुरसंगै आकाशमा
रजाइ गरी नाचिरहेझै लाग्छ

ऋतुहरु मेरै मुठ्ठीमा
कब्जा भएर
वरिपरि घुघिरहेझै लाग्छ

तिम्रो सम्झना कति बलियो
लौ हेर आज !

सम्झनाका तस्वीरहरु
बोल्न खोजे झै
चल्मलाइ रहेछन्

हिमचुलीको सङ्लो पानीमा
आकृति हेरिरहन मन लाग्ने
तिम्रो सम्झना ।

काठमाडौं

तपाईको प्रतिक्रिया