Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं – तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण काठमाडौंको कलंकी डुबाउ भएको छ ।बल्खु खोलामा बाढी आएपछि कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी, कलंकीको खशि बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु भयानक रुपमा डुबानमा परेका हुन् ।कलंकीको अधिकांस स्थान डुबान परेसँगै उक्त क्षेत्रमा आएको वाढीले थुप्रै ग्यासका सिलिण्डर, भाँडाकुँडा, लत्ताकपडाहरु पनि बगाएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन । यस्तै पानी परिरहे काठमाडौंका अन्य स्थानमा पनि डुबानमा पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया