Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ –  जीवन बीमा गराएको महिना दिनपछि रौतहटमा बुबाले छोरीको हत्या गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गरी शुक्रबार जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्लाको मौलापुर ६ पथराबुधराम टोलका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्। बीमाको रकम हात पार्न उनले छोरीका हत्या गरी नजिकको फगनीरायको माछापोखरीमा फालेको स्वीकारेका छन्। प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बिमाको रकम हात पार्न बाबुले छोरीका हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिए। ‘बीमाको रकम हात पार्न उनले छोरीको हत्या गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने,‘आमासँगै सुतेका छोरीलाई बोकेर हत्या गरी पोखरीमा फालेका रहेछन्।’ जिल्लामा पहिलो पटक यस्तो घटना देखेर प्रहरी समेत अचम्ममा परेको छ।

गएको मंगलबार राति बालिका लक्ष्मी आफ्नै घरमा आमासँगै सुतिरहेको अवस्थामा बेपत्ता भएको भन्दै अभिभावकले बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए। लगत्तै मौलापुर ईलाकाबाट प्रहरी निरीक्षक सहितको टोली रामकिशोरको घर पुगेको थियो। सम्बन्धित स्थानमा पुगी सोधपुछ गर्दा आमा लीलादेवीसँग सुतेकी लक्ष्मी बिहान झण्डै साढे १ बजेतिर ओछ्यानमा नभएको र आसपासमा खोजतलास गर्दा फेला नपरेको प्रहरीलाई बताएका थिए।

तपाईको प्रतिक्रिया