Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

सुन्दरताको मापदण्ड केलाई मान्ने? चिल्लो छालाले सुन्दरताको मापन हुँदैन। स्वच्छ मन र तेज मस्तिष्कले मानिसलाई सुन्दर बनाउने विद्वानहरु बताउँछन्।

यद्यपी संसारमा सौन्दर्य प्रतियोगिताको चर्चा खुबै हुनेगर्छ। मानिसहरु यस्ता प्रतियोगितामा भाग लिन रुचाउँछन् पनि। उदाहरणका लागि विश्व सुन्दरी प्रतियोगिता, मिस युनिभर्स इत्यादी।

तर विश्वमा कुरुप प्रतियोगिता भएको तपाइँलाई याद छ त? भए पनि यसबारेमा हामीलाई कमै थाहा छ।

हालै मानिसको नभएर विश्व कुरुप कुकुरको प्रतियोगिता सम्पन्न भएको छ। जहाँ अमेरिकी शहर लस एन्जल्सको एक कुकुरले कुरुप कुकुरको उपाधि हात पारेको छ।

गत शुक्रबार विश्वभरका १९ कुकुरहरु यस प्रतिस्पर्धामा उतारिएको थियो। सीएनएनका अनुसार क्यालिफोर्नियामा यस प्रतियोगिताको आयोजना भएको थियो।

कुकुरका मालिक योभोनी मोरोनेसले आफ्नो कुकुरले कुरुप कुकुरको उपाधि पाएकोमा खुशी व्यक्ति गरेका छन्।

पुरस्कार स्वरुप कुकुर मालिक योभोनीले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया