Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

उत्कृष्ट शाखा, उत्कृष्ट आबद्ध संस्था र उत्कृष्ट सदस्य घोषणा

ब्रुनाई – बिश्व नेपाली साहित्य महासंघ (बिनेसाम) को आफ्नो तेश्रो स्थापना दिवस तथा १९९ औं भानुजयन्तीको उपलक्ष्यमा हिजो असार २९ गते शुक्रबार बिश्वब्यापी साईबर साहित्य भेला सम्पन्न भएको छ । भेलामा नेपाली साहित्यको बिकासमा आदिकवि भानुभक्त आचार्यको योगदान र उनको जीवनीबारे चर्चा गरिनुका साथै उत्कृष्ट आबध्द साहित्यिक सँस्था तथा शाखा र उत्कृष्ट साहित्यिक सदस्यको घोषणा गरियो भने बिभिन्न मुलुकबाट सहभागी श्रष्टाहरुले भानुको सम्झनामा आ-आफ़्ना सिर्जनाहरु वाचन गरे ।

सो अवसरमा विश्वभर रहेका १२ देशका १४ वटा शाखाहरु मध्येबाट विश्व नेपाली साहित्य महासंघ, साउदी अरेबिया शाखालाई यस बर्षको उत्कृष्ट शाखा र उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियालाई महासंघमा आबद्ध उत्कृष्ट साहित्यिक संस्था घोषणा गरियो भने साउदी अरेबिया शाखाका अध्यक्ष खगेन्द्र अधिकारी ’अमृत’ लाई यस बर्षको उत्कृष्ट सदस्य घोषणा गरिएको छ ।

आदिकवी भानुभक्त आचार्यको १९९ औ जन्मजयन्तीको अवसरमा आयोजित साईबर भेलामा छनौट समितिको तर्फबाट महासचिव विश्वासदीप तिगेलाले उक्त घोषणा गर्नुभएको थियो । छनौट समितिमा उपाध्यक्ष सुरेसजङ्ग शाह, केन्द्रिय पार्षद खगेन्द्र पन्धाक (थाइल्याण्ड), सल्लाहकार डा. कविताराम श्रेष्ठ (वेलायत) र महासचिव तिगेला रहनु भएको थियो ।

महासंघको तेस्रो स्थापना दिवस तथा भानुजयन्तीको अवसरमा पहिलो चरणमा सिर्जना बाचन तथा आदिकवी भानुभक्त आचार्य र महासंघको बारेमा चर्चा गरिएको थियो । आदिकवीको बारेमा साउदी अरेबियाबाट सागर श्रेष्ठले विस्तृत चर्चा गर्नुको साथै रसियाबाट बरिष्ठ साहित्यकार कृष्णप्रकास श्रेष्ठले भानुको अन्य कृतिहरु पनि रसियन भाषामा अनुवाद हुदै गरेको बताउनुभयो ।

महासंघ छोटो समयमै विभिन्न महत्वपूर्ण कार्यहरु गर्न सफल भएको कुरा पूर्व राजदूत तथा संयुक्त राष्ट्रसंघका विज्ञ मुरारीराज शर्माले लण्डनबाट बताउनुभयो । त्यस्तैगरि नेपाली साहित्यको ठूलो र भरपर्दो संस्थाको रुपमा महासंघ स्थापित भईसकेको कुरा डा. कविताराम श्रेष्ठले बेलायतबाट बताउनुभयो ।

उक्त साइबर भेलामा अमेरिकाबाट नम्रता गुरागाई, रसियाबाट गोविन्दप्रसाद गौतम, थाइल्याण्डबाट खगेन्द्र पन्धाक, क्यानडाबाट हरी शिवाकोटी, सेसेल्सबाट गणेश खड्का, मलेशियाबाट दीपदर्शन शाही, बेलायतबाट सुरेसजंग शाह, बोष्टन अमेरिकाबाट गोवर्धन पूजा, पोर्चुगलबाट भीम केसी कमल र केईजिन राई, ब्रुनाईबाट विश्वासदीप तिगेला, साउदी अरेबियाबाट सागर श्रेष्ठ र खगेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो भने जापानबाट उपाध्यक्ष तिलक मल्लले सभापतित्व गर्नुभएको थियो ।***

तपाईको प्रतिक्रिया