Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं –  संघीय संसद सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संसद सचिवालयले थन्क्याएर राखेका तीनवटा स्कार्पियो, ६ वटा कार, दुईवटा टाटा सुमो र एउटा बस दुई साता अघि लगेको हो ।

प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका नभई सद्दे नै पाइएका छन् । स्रोतका अनुसार संसद सचिवालयले सद्दे गाडीलाई बिग्रिएको भन्दै नयाँ किन्न थन्क्याएर राखेको हो । नयाँ किन्दा कमिसन पाइन्छ ।

संसद सचिवालय तीन करोडमा पाँचवटा नयाँ गाडी खरिद गर्ने प्रक्रियामा छ ।

तपाईको प्रतिक्रिया