Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ  – ५४ वर्षीया महिलाको कोखबाट दुई टेस्ट ट्यूब बेबी (बच्चा) को जन्म भएको छ । आइतबार काठमाडौँको जावलाखेल स्थित अल्का हस्पिटल प्रालिमा उक्त बच्चाहरुको जन्म भएको हो ।

उक्त बच्चाहरुलाई प्रसूति विशेषज्ञ डा. नुतन शर्मासहितको टोलीले सफलतापूर्वक जन्माउन सफल भएका हुन् ।

ती दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले  जनाएका छन् । यो संभवतः महिनावारी रोहिसकेपछि पनि बच्चा जन्माएको नेपाल मै पहिलो पटक हो ।

बच्चा जन्माउने महिलाको ४ वर्ष अघि नै महिनावारी रोकिसकेको थियो । उनलाई डा.शर्मासहितको टोलीले पुनः महिनावारी सञ्चालन बनाएर ती दुई बच्चा जन्माउन सफल भएका हुन् ।

अहिले ती महिलाको नाम गोप्य नै रोखिएको छ ।

तपाईको प्रतिक्रिया