Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – करिब दुई साता देखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएकाे छ। पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दाबढीसंग भेट गर्नुभएको छ ।

नितान्त व्यक्तीगत भ्रमण भन्दै मध्य तराई र पुर्वी तराइको भ्रमणमा निस्कनुभएका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तीसंग भेट गर्नुभएको छ ।

भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आह्रह गरेका थिए । सिमरा स्थित प्रभु शमसेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सिमरा स्थित राममन्दीरमा पुजा अर्चना गर्नुभएको थियो ।

केही दिन सिमरा बसाइपछि उहा सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्व रानी कोमल , निजी सचिव सागर तिमल्सिना र केही आफन्तसंग सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पुर्वी नेपाल भ्रमणमा निस्कनुभएको छ ।

तपाईको प्रतिक्रिया