टापुहरूको महादेश भनेर चिनिने महादेश कुन हो ?
क. अस्ट्रेलिया ख. युरोप ग. एसिया घ. अफ्रिका
२. उत्तर अमेरिका महादेशमा पाइने घाँसे मैदानलाई के भनिन्छ ?
क. पम्पाज ख. पेयरी ग. डाउन्स घ. भेल्ड
३. उत्तरी धु्रव रर्बट सेनले कहिले पत्ता लगाएका हुन् ?
क. १९११ ख. १९१२ ग. १९०९ घ. १९१३
नेपालको भूगोल
४. शिवालिक पर्वत भन्नाले कुन पर्वतलाई जनाउँछ ?
क. कैलाश पर्वत ख. महाभारत पर्व ग. हिमाल पर्वत घ. चुरे पर्वत
५. तलका मध्ये कुन जिल्लामा दुईवटा उपमहानगरपालिका रहेका छन् ?
क. मोरङ ख. सुनसरी ग. झापा घ. रुपन्देही
६. अमेरिकी सहयोगमा निर्माण गरिएको भीमदत्त राजमार्गको लम्बाइ कति किमि छ ?
क. १४० ख. १४२ ग. १४५ घ. १३५
७. बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण गरिएको हो ?
क. अमेरिका ख. जापान ग. भारत घ. चीन
इतिहास
८. दक्षिणकाली मन्दिर कसले बनाएका हुन् ?
क. विश्व मल्ल ख. जयप्रकाश मल्ल ग. प्रताप मल्ल घ. भूपतिन्द्र मल्ल
९. नेपालको इतिहासमा पहिलो मल्ल राजा को हुन् ?
क. अरिदेव ख. भाष्करदेव ग. जयदेव घ. जयप्रकाश मल्ल
१०. नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?
क. विसं १९०३ असोज २ ख. विसं १९०३ असोज १२
ग. विसं १९०३ कात्तिक १२ घ. विसं १९०३ कात्तिक २
११. नेपालको पहिलो महिला राजदूत को हुन् ?
क. विन्देश्वरी शाह ख. सुशीला सिंह ग. योगमाया कोइराला घ. शारदा श्रेष्ठ
१२. प्रथम विश्वयुद्धमा कति राष्ट्रले भाग लिएका थिए ?
क. २८ ख. ३९ ग. ३२ घ. २५
१३. ःबनलब अबचतब मा कति धाराहरू रहेका थिए ?
क. ११ ख. ३९ ग. ६३ घ. ६५
समसामयिक÷अन्य
१४. आँसुबाट गर्भधारण गर्ने पक्षी कुन हो ?
क. जरायो ख. मयूर ग. खरायो घ. हाँस
१५. १७औं असंलग्न राष्ट्रको शिखर सम्मेलन भेनेजुएलामा कहिले सम्पन्न भएको छ ?
क. २०१६ सेप्टेम्बर १७–१८ ख. २०१६ सेप्टेम्बर १८–१९
ग. २०१६ अक्टोबर १५–१६ घ. २०१६ अक्टोबर १७–१८
१६. पहिलो महिला सगरमाथा आरोही जापानकी जुन्को ताबेइको निधन कहिले भयो ?
क. २०१६ नोभेम्बर २० ख. २०१६ अक्टोबर २०
ग. २०१६ डिसेम्बर २० घ. २०१६ नोभेम्बर २५
१७. ११औं ग्(ज्ञढ विश्वकप क्रिकेट २०१६ को उपाधि कुन देशले जित्यो ?
क. भारत ख. पाकिस्तान ग. वेस्ट इन्डिज घ. अस्टे«लिया
संविधान
१८. नेपालको संविधानअनुसार अवशिष्ट अधिकारसम्बन्धी प्रावधान संविधानको कति धारामा छ ?
क. ५५ ख. ५६ ग. ५७ घ. ५८
१९. नेपालको संविधानअनुसार सहायक मन्त्रीले को समक्ष शपथ लिन्छन् ?
क. राष्ट्रपति ख. प्रधानन्यायाधीश ग. प्रधानमन्त्री घ. सभामुख
२०. तलका जिल्लामध्ये प्रदेश ६ मा नपर्ने जिल्ला कुन हो ?
क. दैलेख ख. सल्यान ग. कालिकोट घ. कैलाली
विविध
२१. विश्व पर्यटन दिवस कहिले पर्छ ?
क. अक्टोबर २७ ख. नोभेम्बर २७ ग. सेप्टेम्बर २७ घ. डिसेम्बर २७
२२. युरोपको कारखाना भनेर कुन देशलाई चिनिन्छ ?
क. फ्रान्स ख. बेल्जियम ग. नेदरल्यान्ड घ. स्पेन
२३. ग्ल्इ को विशिष्टीकृत संस्था विश्व बौद्धिक सम्पत्ति संगठनको प्रधान कार्यालय कुन देशमा रहेको छ ?
क. स्विजरल्यान्ड ख. अमेरिका ग. इटाली घ. स्विडेन
२४. सार्कको क्षेत्रीय संगठन सार्क ऊर्जा केन्द्र कुन देशमा रहेको छ ?
क. नेपाल ख. पाकिस्तान ग. भारत घ. बंगलादेश
२५.चाल्र्स डार्बिनले त्जभ यचष्नष्ल या कउभअष्भक नामक पुस्तक कहिले प्रकाशन गरेका हुन् ?
क. सन् १८५९ ख. सन् १८६९ ग. सन् १८६३ घ. सन् १८७१
धर्म संस्कृति
२६. तक्षशिला विहार कुन देशमा पर्छ ?
क. भारत ख. पाकिस्तान ग. थाइल्यान्ड घ. बंगलादेश
२७. कौरा नाच कुन जातिको मुख्य नाच हो ?
क. थारू ख. राई ग. नेवार घ. मगर
२८. जिरेल जातिको मुख्य बासस्थल कुन जिल्लामा पर्छ ?
क. रामेछाप ख. दोलखा ग. म्याग्दी घ. भोजपुर
२९. शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ ?
क. मुन्धुम ख. फोग्यु ग. त्रिपिटक घ. कुरान
३०. पौराणिक पात्र वेदव्यासका पिताको नाम के हो ?
क. परासर ख. सूर्य ग. अत्रि घ. हिमालय
उत्तरहरू
१. क २. ख ३. ग ४. घ ५. ख ६. घ ७. ख ८. ग ९. क १०. ग ११. क १२. ग १३. ग १४. ख १५. क १६. ख १७. ग १८. घ १९. ग २०. घ २१. ग २२. ख २३. क २४. ख २५. क २६. ख २७. घ २८. ख २९. ख ३०. क








