Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

कञ्चनपुर –  निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहेका दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ ।

अनुसन्धानका लागि काठमाडौं पुर्‍याइएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका १८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो ।

पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालघारीस्थित प्रहरी विटमा जाहेरी दिएका थिए ।

त्यसैका आधारमा साउन १० गते विहान १० बजेतिर प्रदीपलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कन्चनपुरका एसपी कुवेर कडायतले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया