काठमाडाैं – सरकारले इजरायलमा केयर भिगर कामदारका रुपमा पठाउँन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन् । वैदेशिक रोजगारी विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो ।
इजाराइलबाट माग नै आउन छाडेपछि छनौट भएका ४१ जना अझै इजाराइल जान पाएका छैनन् । पछिल्लो चरणमा केयर गिभरको माग नै आउन छाडेकाले यस्तो अबस्था सिर्जना भएको हो । श्रोतका अनुसार नेपाली मेनपावरको अबरोधको कारण इजरायलबाट कामदारको माग नआएको हो ।








