काठमाडाैं – सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानविनका लागि काठमाडौँ बोलाएको छ । परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छनविन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूताबासबाट काठमाडौँ आएकी हुन् ।
मन्त्रालयका अनुसार उनको राजदूत पद रहने/नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानविन गरिनेछ । राजदूत शेर्पालाई मानव तस्करी गरेको अभियोग लागेको छ ।








