Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् ।

उनीहरुले आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका हुन् ।

बर्खास्त गरेको ३५ दिनभित्र पुनर्वहालीको निवेदन दिने प्रावधान अनुसार उनीहरुले आफूहरुलाई पुनर्वहाली गरी सरकारी सेवामा निरन्तरता दिन माग गरेका हुन् ।

निर्मलाको बलात्कारपछि हत्याको अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै एसपी विष्ट र निरीक्षक भट्टलाई गृह मन्त्रालयले बर्खास्त गरेको थियो ।

तपाईको प्रतिक्रिया