काठमाडाैं – एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुखह हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ । समिटको दोस्रो दिन आइतबार प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षककका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आर्शीवाद दिने उल्लेख छ ।
त्यसपछि उनीहरू ‘मुन परिवारको अंग बन्ने सम्भावना रहने’ आयोजकको दाबी छ । यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्वपूण्र्ण हुने छ। कार्यक्रमको महत्व दर्शाउन सूचीको तल लेखिएको छ ।
दोस्रो दिनको पहिलो र दोस्रो सत्रमा जलवायु परिवर्तनको सम्बोधन र त्यसमा सञ्चारमाध्यमको भूमकिाबारे संगोष्ठी गरेपछि समापन सत्रमा दम्पतीहरुलाई आशीर्वाद दिन लागिएको हो । आयोजक युनिभर्सल पिस फेडरेसन नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालका अनुसार दोस्रो सत्रमा देशभरका मेयर र उपमेयरलाई निम्ता दिइएको छ ।








