Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित भइरहेको छ । आन्तरिक विवाद समाधान गरी मंगलबार सचिवालय बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भयो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक बुधबार बस्ने बताउनुभयो । नेताहरुको आन्तरिक तयारी एवं कार्यव्यस्तताका कारण मंगलबारको बैठक स्थगित भएको उहाँले बताउनुभयो ।

प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्युरो कमिटी गठन, जिल्ला एवं जनवर्गीय संगठनहरुको एकता लगायतका कार्यमा विवाद भएपछि समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया