Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टीकापुर –  सुदुरपश्चिम प्रदेशसभा सदस्य उमादेवी बादी (५४) लाई अहिले मोबायल फोन रिसिभ गर्न भ्याइनभ्याई छ । एउटा मोबाइलमा कुरा नसक्दै अर्को मोबाइलमा घन्टि बजिसक्छ ।

फोनमा शुभचिन्तकका कुरा सुनेर उनी भक्कानिन्छिन, आँखाबाट आँशुका धारा बग्छन्, धेरै बोल्न सक्दिनन् । उनको मुखबाट ‘धन्यवाद’ शब्द मात्र निस्किन्छ ।

सामान्य कखरा मात्र जानेकी उनलाई शुभचिन्तकले किन यसरी बधाई दिइरहेका छन् त ? धेरै कुरा त उनलाई थाहा छैन् ।

उनलाई बिबिसीले आफूलाई छनोट गरेको भन्ने मात्र थाहा छ । ‘वास्तविक कुरो मलाई अहिले पनि थाहा छैन्’, उनले संचारकर्मीसँग भनिन्,‘जति तपाईहरुले भन्नुभयो त्यति मात्र हो ।’

उनी बेलायती संचार संस्था बिबिसी विश्व सेवाले यस बर्ष छानेका संसारभरका प्रभावशाली र प्रेरणादायी एकसय महिलाभित्र पर्न सफल भएकी छिन् ।

उनको नाम १० औं स्थानमा छ । यसै कारण उनी बधाईकी पात्र बनेकी हुन् । ***

तपाईको प्रतिक्रिया