Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

ललितपुर –  नेपाली काँग्रेसले आगामी मङ्सिरमा हुने महासमिति बैठकको तयारीलाई तीब्रता दिएको छ ।

मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा हुने महासमितिको बैठकमा प्रस्तुत गरिने विभिन्न प्रस्तावहरूलाई अन्तिम रूप दिनका लागि सम्बन्धित समितिहरु जुटिरहेका छन् । महासमितिको बैठकमा लैजाने राजनीतिक प्रस्तावका लागि पनि गृहकार्य भइरहेको छ ।

पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताव मस्यौदा तयारी समितिले पार्टी कार्यालय सानेपामा बुधबार राजनीतिक प्रस्ताव तयार गर्नकै लागि छलफलको आयोजना गर्यो ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले यसले सबैको भावनाको प्रतिनिधित्व गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउँदा थप प्रभावकारी होला भनेर नै सबैको सुझाव सङ्कलन गरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत नेपाली काँग्रेसका केन्द्रीय समितिका सदस्यहरू, भ्रातृ एवं विभिन्न पेशा व्यवसायसँग आवद्ध शुभेच्छुक संस्थाका प्रतिनिधि, सामाजिक अगुवा र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

सहभागीहरूले नेपाली काँग्रेसले सात दशकदेखिको प्रयास गरेर ल्याएको सङ्घीय गणतन्त्रलगायतका सम्पूर्ण उपलब्धिलाई संरक्षण गरेर अगाडि बढाउने दायित्व पनि बहन गर्नुपर्ने सुझाव दिएका थिए ।

सहभागीहरूले वर्तमान सरकार हालका उपलब्धिहरूलाई संस्थागत गर्न भन्दा पनि उपेक्षा गर्दै अगाडि बढिरहेको, आवश्यक कानुन निर्माण गर्न गर्न ढिलाइ गरेको, कर्मचारी व्यवस्थापन र स्रोत ब्यवस्थापन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली काँग्रेसले जिम्मेवार भएर काम गर्न सुझाव दिएका थिए ।

पार्टीका केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले समितिले सकेसम्म प्रदेश तहसम्म पुगी बढी भन्दा बढी व्यक्तिहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया