Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

पर्वत – पर्वतको कुश्मा नगरपालिका-८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो ।

यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले साउनसम्म उत्पादन गर्ने तयारी गरिएको आयोजना प्रमुख पवनकुमार यादवले बताउनुभयो । आयोजनाले २०६९ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि प्राकृतिक र मानवीय समस्याले अवरोध भएको थियो । “अब दुई प्रतिशत मात्रै काम बाँकी छ,” जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले भन्नुभयो, “अबको काम सबै प्राविधिक विषयसँग सम्बन्धित भएकाले असारभित्रै उत्पादन थाल्नेमा हामी ढुक्क छौँ ।”

तीन अर्ब ६० करोडको लागत अनुमानमा शुरु गरेको आयोजनाले निर्धारित अवधिमा काम नसकेपछि लागत पनि बढेको हो । आयोजनाले ०६८ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपूँजी रहेको आयोजना पक्षले जनाएको छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिका आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदीको तिलाहारबाट चार हजार २०० मिटर लामो सुरुङ हुंदै कुश्माको चुवास्थित परादीमा आयोजनाको पावर हाउस रहनेछ ।

तपाईको प्रतिक्रिया